कैलालीको अत्तरियामा राष्ट्रिय किसान सञ्जालको बिरोध प्रदर्शन

अत्तरिया : कैलालीको अत्तरियामा राष्ट्रिय किसान सञ्जाल सुदुरपश्चिमले बिरोध प्रदर्शन गरेको छ । बिभिन्न माग राख्दै आज (शुक्रबार) अत्तरियामा किसानहरुको साझा सञ्जाल राष्ट्रिय किसान सञ्जालले विरोध प्रदर्शन गरेको हो।

अत्तरिया बजारमा र्यालि सहित विरोध प्रदर्शन गरिएको थियो भने करिब २० मिनेट चक्काजाम गरेको थियो ।

पशुमा देखिएको लम्पी स्किन रोगलाई महामारीको घोषणा गरि द्रुतगतिमा उपचारद्धारा रोगको नियन्त्र गरिनुपर्ने, किसानलाई राहत, क्षतिपूर्ति र पूर्नस्थापनाको कार्यक्रम घोषणा गरिनुपर्ने, रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गर लगायतका बिभिन्न माग राख्दै नारावाजी गरिएको थियो ।

र्याली पछि अत्तरिया चोकमा विरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने अधिकांशले किसानहरु बिभिन्न समस्यामा परेका र उनिहरुलाई सरकारले समयमै राहत देओस भन्ने उदेश्यले सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन कार्यक्रम गरेको बताएका छन् । बिभिन्न पार्टिसंग आबद्ध किसानका संघ महासंघले पनि कुनै पहल नचालेको र बेलैमा यस्ता कार्यक्रमहरु गरेर सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनिहरुको भनाई थियो ।

कोणसभालाई नेपाल किसान महासंघका केन्द्रीय सचिव तारा खाति, सुदुरपश्चिम प्रदेश सभा सदस्य सन्तोष शर्मा थापा, राष्ट्रिय किसान महासंघ प्रदेश अध्यक्ष प्रकाश थापा, अखिल नेपाल किसान महासंघ सुदुरपश्चिम प्रदेश सहईन्चार्ज भागिरथ सिंह कुँवर, अछाम जिल्ला ईन्चार्ज नेत्र शाहिले सम्बोधन गरेका थिए । कोणसभा कार्यक्रमको सञ्चालन अखिल नेपाल महासंघ कैलाली जिल्ला कमिटी सचिव ईश्वर बहादुर चन्दले गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो भने माओबादी र समाजवादीका केहि नेताहरुको पनि उपस्थिति रहेको थियो । भोलि शनिबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ग्यापन पत्र बुझाउने कार्यक्रम रहेको बताईएको छ । सञ्जालले माग पूरा नभए चक्काजाम लगायत विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको हो ।

यस्ता छन मागहरू : 

लम्पी स्किन रोगलाई महामारीको घोषणा गरि द्रुतगतिमा उपचारद्धारा रोगको नियन्त्र गरियोस् ।

किसानलाई राहत, क्षतिपूर्ति र पूर्नस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गरियोस् ।

मरेका पशुहरूको विमा भुक्तानी गर ।

रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गर ।

सरकारद्धारा संचालित कालिमाटी समेतका सम्पूर्ण बजारहरूका सटर तथा स्टलहरू खुला प्रतिस्प्रर्धाद्धारा भाडामा दिने व्यवस्था गरियोस् ।

बजारका सटर तथा स्टलहरू ५० प्रतिशत किसानका लागि छुट्याईयोस् ।

बजार विकास समितिमा ५० प्रतिशत किसानको सहभागिता सुनिश्चित गरियोस् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.