खप्तडमा प्रथम अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलनको आयोजना हुँदै

धनगढी : खप्तडमा प्रथम अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिबार धनगढीमा खप्तडमा हुने अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलनको घोषणा गरेका हुन् ।

यही जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुने सम्मेलनको बिहिबार मुख्यमन्त्री शाहको संयोजकत्वमा ४०१ सदस्यीय मुल आयोजक समारोह समिति गठन भएको छ ।

Godawari_Tato hawa_Lu

समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरु, प्रदेश सरकारका मन्त्री, सांसदहरु, पूर्व सांसदहरु, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुखहरु, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत नीजि क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिहरु आयोजक मुल समारोह समितिमा रहेका छन् ।

सम्मेलनमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, संघीय संसदका सांसदहरु, बाबा रामदेव, आचार्य बालकृष्ण लगायत अन्तराष्ट्रिय तहका अध्यात्मिक क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु सहभागी हुने भएका छन् ।

सम्मेलन आयोजनाका लागि प्रदेश सरकार अन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा ब्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा ब्यवस्थापन समिति गठन गरिएको छ । यसका साथै १५ वटा विभिन्न उपसमिति पनि गठन गरिएका छन् ।

मुख्यमन्त्री शाहले प्राकृतिक विविधताले पुर्ण खप्तडमा आयोजना हुन लागेको अध्यात्मिक सम्मेलनले खप्तड क्षेत्रको अन्तराष्ट्रिय तहमा प्रचारप्रसार हुनुका साथै प्रदेशको आर्थिक विकासमा समेत टेवा पुग्ने बताएका छन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.