गोदावरीमा वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्याङ्क सङकलन गरिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन गरिने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलन गर्न लागेको हो ।

Godawari Nagarpalika

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले स्थानीय तहको सहकार्यमा पुनः एकीकरणका कार्यक्रमका लागि पत्राचार गरे बमोजिम गोदावरी नगरपालिकाले प्रत्येक वडामार्फत तथ्याङ्क संकलन गर्ने जनाएको छ ।

मन्त्रालयको पत्राचार बमोजिम गोदावरीका १२ वटै वडामा पत्राचार गरिएको नगरपालिकाको आर्थिक विकास अधिकृत लोक बहादुर खड्काले बताएका छन । उनले रोजगारीबाट फर्केकाहरुको तथ्याङ्क संकलन गर्न वडाहरुमा तथ्याङ्क संकलन फारम पनि पठाइएको बताएका छन ।

मन्त्रालय स्थानीय तहलाई पठाएको पत्रमा तथ्याङ्क संकलन पछि वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम    (सञ्चालन तथा व्यवस्थापन निर्देशिका) २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.