१५ किलो बढी चरेससहित दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरका २ जनालाई प्रहरीले १५ किलो ५२० ग्राम लागुपदार्थ चरेससहित पक्राउ गरेको छ।

Godawari_Tato hawa_Lu

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाको आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घर भई भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने करन धामीको जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो।

धामीलाई सोधपुछ गर्दा चरेश शुक्लाफाँटा नगरपालिका-१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई बिक्री गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

भट्टको साथबाट ७६ ग्राम चरेस बरामद भएको उनको भनाइ रहेको छ। चरेससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानको भैरहेको छ। दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आजमात्र जानकारी दिएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.