केैलालीमा पत्नीको हत्या आरोपमा पति पक्राउ

धनगढी : कैलालीमा पत्नीको हत्या आरोपमा पति पक्राउ परेका छन्। जिल्लाको कैलारी गाँउपालिका वडा नं ७ बस्ने ५४ वर्षीय प्रेम बिक हत्या आरोपमा पक्राउ परेका हुन्।

२०७७ असोज २६ गते आफ्नी पत्नी ५० वर्षीया बिरमा विकलाई आफ्नै घरको कोठामा कुटेर हत्या गरेको आरोपमा प्रेमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निलडाम हुने गरी कुटपिट गरि मृत्यु भएको घटनाको अनुसन्धानबाट प्रेमले कुटपिट गरी मारेको भन्ने खुल्न आएको थियो।

Godawari Nagarpalika

घटनापछि फरार भएका उनलाई खोजतलास गरी हिजो (शुक्रबार) कैलाली प्रहरीको टोलीले पक्राउ गरेको थियो। अहिले उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.