गोदावरीमा सुङ प्रतितिष्ठान र आयु अभिषेक कार्यक्रमको आयोजना 

अत्तरिया : कैलालीको गोदावरीमा निर्माणाधिन स्तुपामा सुङ प्रतितिष्ठान र आयु अभिषेक कार्यक्रमको आयोजना गरिएको छ । साङे छ्योलिङ गुम्बा गोदावरीद्वारा आयोजित कार्यक्रममा बौद्धधर्म महागुरू ४३ औ शाक्या ट्रिजेन ज्ञानब्रज रेन्पोछेबाट सुङ प्रतितिष्ठान र आयु अभिषेक प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै बौद्धधर्म महागुरूले उपस्थित सबैलाई धन्यवाद दिदै दिर्घ आयुको अभिषेक सबैलाई आवश्यक रहेको बताए । भौतिक संसारमा दिर्घ आयुको आवश्यक भएकाले यसका लागि सबैले ध्यान गर्न जरुरी रहेको बताए ।

उनले लुम्बिनिमा भगवान गौतम बुद्धले पनि सबैका लागि ध्यान गरेर शान्तिको कामना गरेको बताए । दुःखबाट मुक्त रहनका लागि धर्म संगै ध्यानको पनि आवश्यकता रहने उनको भनाई थियो ।

Godawari_Tato hawa_Lu

कार्यक्रम शुभारम्भ हुनु अघि साङे छ्योलिङ गुम्बा गोदावरीका अध्यक्ष बिर्खराज भट्टले सञ्चालन गरेको गोदावरीमा रहेको ग्रिन गोदावरी रिसोर्टमा निर्माण गरिएको बौद्ध स्तुपाको बौद्धधर्म महागुरू द्वारा उद्घाटन तथा पुजाआजा गरिएको थियो ।

बिहिबार कञ्चनपुरको गड्डाचौकीबाट बौद्धधर्म महागुरूलाई स्वागत गरि गोदावरी ल्याईएको थियो भने शुक्रबार गोदावरीमा आयु अभिषेक प्रदान कार्यक्रमको आयोजना गरिएको गोदावरीका प्रमुख लामा फर्साङ्ग नोर्बु लामाले बताए ।

कार्यक्रममा विभिन्न भक्तजनहरूको सहभागिता रहेको थियो । गोदावरीमा साङे छ्योलिङ गुम्बाद्वारा स्तुपा निर्माण भईरहेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.