कैलालीको अत्तरियामा १ दिने दन्त शिविर सम्पन्न

शिविरबाट झण्डै २ सय ले लिए सेवा

अत्तरिया : कैलालीको अत्तरियामा एक दिने दन्त शिविर सम्पन्न भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजना तथा शिखर डेन्टल क्लिनीक प्रालि अत्तरियाको सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरबाट झण्डै २ सयले सेवा लिएका छन् ।

Godawari Nagarpalika

एक दिने शिविरबाट १९५ जनाले सेवा लिएको शिखर डेन्टल क्लिनिकका सञ्चालक मिन देउवाले जानकारी दिए । उनले शिविरमा आएका बिरामीहरुको प्रेसर जाँच, ५१ जनाले दाँत निकालेको, निशुल्क औषधी वितरण गर्नुका साथै ब्रस गर्ने तरिकाको बारेमा डेमो समेत गरेको बताए। शिविरमा डेन्टल सर्जन डा. ज्योती खरेलले दाँतको चेकजाँच गरेकी थिइन ।

उक्त शिविरमा आएका विरामीहरुलाई शिखिर डेन्टल क्लिनिकमा उपचार गराएमा १० प्रतिशत छुट रहने क्लिनिकका सञ्चालक देउवाले बताए। शिविर अत्तरिया स्थित महेन्द्रनगररोड गोदावरी कम्पलेक्स अगाडी राखिएको थियो ।

सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शिविरको आयोजना गरिएको संघका अध्यक्ष कल्याण सिंह बोहराले बताएका छन । अत्तरिया उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भाद्र २ गते पुनः आँखा शिबिर संचालन गर्ने उनले बताए । शिविर गेटा आँखा अस्पताल र संघको सयुक्त आयोजनामा संचालन गरिने जनाइएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.