आज विश्व मुटु दिवस

काठमाडौं : आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘मन लगाऔँ मुटु बचाऔँ’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो ।

विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो। विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ ।

Godawari Nagarpalika

जसमा विकासोन्मुख र अविकासित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ । सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनी २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । ​

हृदयाघात सबैभन्दा बढी मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।​ चिकित्सकहरुका अनुसार धूमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने गर्दा मुटु रोगबाट बच्न सकिन्छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.