एमाले कैलालीको अध्यक्षमा ३ जनाको दावी, उपाध्यक्षमा ८, सचिव र उपसचिवमा ४२ आकांक्षी

अत्तरिया : नेकपा एमाले कैलालीको फागुन ६ र ७ गते हुने नवौँ जिल्ला अधिवेशनमा पाँच पदाधिकारीमा ५३ जनाले आकांक्षा राखेका छन् ।

एमालेले बिहीबार पदाधिकारीमा आकांक्षीलाई इच्छापत्र पेश गर्न भनेको थियो । सोहीअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र सहसचिव(समावेशी) का लागि ५३ जनाले इच्छापत्र दर्ता गराएका छन् ।

एमाले कैलालीका कार्यालय सचिव धिमलाल जोशीले अध्यक्षमा ३ जना, उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुवै पदमा ३० जनाले इच्छापत्र दर्ता गरेको जानकारी दिए । उनकाअनुसार अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश कमिटि सचिवालय सदस्य यज्ञ ढुंगानाले दाबी पेश गरेका छन् ।

Godawari_Tato hawa_Lu

उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल, मानराज शाही, नृप खडायत, मदनराज ओझा र प्रेम डगौराले इच्छापत्र पेश गरेको जोशीले बताए । यस्तै सचिवमा ममताप्रसाद चौधरी, हितेश ओझा, कमलबहादुर राना, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, चूडामणि भट्ट, विष्णुबहादुर चौधरी, बक्तबहादुर शाही विष्णु चन्द, र भीष्मराज सुवेदीले आकांक्षा राखेका छन् ।

उपसचिव र उपसचिव (समावेशी) मा धिमलाल जोशी, किशोर शाह, मदनराज रेग्मी, राजु गुरुङ, अम्बिका विष्ट, चक्रबहादुर विष्ट, नौरतादेवी खड्का, भुवन रिजाल, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, मल्ल, निर्मला संज्याल, लक्ष्मी केसी, मोहन विक, गणेशबहादुर साउदर ध्रुवबहादुर भण्डारीले इच्छापत्र दर्ता गरेका छन् ।

यस्तै, नेत्रप्रसाद खनाल, कमला कुँवर, खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, रत्ना कुँवर, गणेश बुढा, सुरज परियार, प्रेम भुल, गोविन्द कोइरालाले पनि उपसचिवमा इच्छापत्र दर्ता गराएको कार्यालय सचिव जोशीले बताए ।

एमाले कैलालीले आकांक्षीहरुबीच सहमती गराउन अधिवेशन उद्घाटन पूर्व नै पदाधिकारीमा आकांक्षीहरुलाई बिहीबार इच्छापत्र दर्ता गर्न समय दिएको थियो । एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले इच्छापत्र पेश गरेकाहरुबीच सहमती खोजिने बताएका छन् ।

एमाले कैलाली जिल्लाको नवौँ अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुँदैछ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.