कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

धनगढी : कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१ सुखडमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ७०९७ नम्बरको ट्याक्टरबाट खसेर २५ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो ।

हरिनगरबाट सुखड तर्फ आउदै गर्दा चौधरी ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.