अत्तरियामा २ सय बढी एमालेमा प्रबेश

अत्तरिया : कैलालीमा विभिन्न पार्टी परित्याग गरेर २ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । शनिबार अत्तरियामा आयोजित एमालेको चुनावी सभाबाट उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सुरत भुल, काँग्रेस नेता डन्डीराज भट्ट सहितका २ सय बढी नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको एमालेले जनाएको छ । माओवादी, काङ्ग्रेस, नेकपा(एस),राप्रपाबाट उनीहरू एमाले प्रवेश गरेका हुन् ।

Godawari Nagarpalika

उनीहरूलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.