बैतडीको पञ्चेश्वरमा आज सार्वजनिक बिदा

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले आज बिदा दिएको छ । वडा नम्बर ४ आमचौरमा स्थित धुरामा आज (मंगलबार) जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिएको हो ।

Godawari_Tato hawa_Lu

जात्राको दिन गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको चाप नहुने र गाउँपालिकाको प्रसिद्ध जात्रा भएकाले बिदा दिने निर्णय गारिएको सूचनामा उल्लेख गरिएको छ ।

मंगलबार पालिकाक्षेत्रभित्रका सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थामा बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज जोशीले बताए।

धुरामा सोमबार रतेडी मेला लागेको थियो भने मंगलबार दिसेडी मेला लाग्दैँछ । अरु स्थानीयतहले आफ्नो स्थानीयतहमा जात्रा लाग्दा दुईदिन बिदा दिएपनि पञ्चेश्वरले भने एकदिनमात्र बिदा दिएको हो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.