कैलाली ४ मा स्थगित भयो मतगणना

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा मतगणना स्थगित भएको छ । मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका हुन ।

प्रतिनिधि सभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताए ।

उनले उम्मेदवारहरु सहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै पुनः मतगणना सुरु गरिने बताए ।

गेटा मेडिकल कलेजको भवनमा जारी मतगणनामा अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले) ले मतगणनामा सहभागी नहुने जनाएको छ । अहिले उनिहरुका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका छन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.