अत्तरिया : कैलालीमा सालाको हत्या आरोपित भिनाजु आफैँ प्रहरीको सम्पर्कमा आएका छन् । साला नाता पर्ने भण्डारीको हँसिया प्रहार गरी हत्या गरेर फरार भएका स्थानीय ५० वर्षीय गौरीलाल ढुङगाना आफैँ प्रहरीको सम्पर्कमा आएका हुन् ।
उनी इलाका प्रहरी कार्यालय सडकपुर बौनियाको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताएका छन् । उनले आरोपित ढुङ्गानालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको बताए ।
जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट मृत्यु भएको थियो । घरायसी विवाद हुँदा ढुङ्गानाले प्रहार गरेको हँसियाबाट अर्का साला नाता पर्ने ४० वर्षीय जयराज भण्डारी पनि घाइते भएका छन् । उनको कोहरलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना लगतै आरोपित ढुङगाना फरार भएका थिए ।