कैलालीको अत्तरिया चोकमा चक्काजाम (फोटो फिचर)

अत्तरिया :  कैलालीको अत्तरिया चोकमा चक्काजाम गरिएको छ । गोलिकाण्डको विरोधमा अत्तरियामा चक्काजाम गरिएको हो ।

पुष ३ गते साँझ सुनचाँदी व्यवसायी विकास सुनारमाथी गरिएको गोलि प्रहारको विरोधमा अत्तरिया उद्योग वाणिज्य संघले अत्तरिया चोकमा चक्काजाम गरेको छ ।

आज विहान १०:३० देखी १ घण्टासम्म रहने गरी चक्काजाम गरिएको बताईएको छ । व्यवसायी माथी गोलि प्रहार भएको हप्ता दिन बित्न लाग्दा समेत प्रशासनले अपराधी पत्ता लगाउन नसकेको भन्दै दवाव स्वरुप चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताए ।

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.