गोदावरीको बडेहामा शाखा सडक निर्माणको काम तिव्र गतिमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ मा शाखा सडक निर्माण कार्य तिव्र गतिमा भईरहेको छ । कुटि-बडेहा पुलसँग जोडिएको झण्डै दुई किलोमिटर जती सडक कालोपत्रेका लागि नालि सहितको निर्माण कार्य तिव्र गतिमा भईरहेको हो । कुटि-बडेहा पुलदेखी क्षयरोग अस्पतालसम्म एक किलोमिटर र ७ सय मिटर रिङरोड कालोपत्रेका लागि नालि सहितको निर्माण कार्य भईरहेको छ ।

आईतबार सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले सडकको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उनले आफ्नो कार्यकालमा क्षेत्र नम्बर ४ मा शाखा सडक र तटबन्धनका धेरै कामहरु गरेको बताईन् । उनले कुटि-बडेहा पुलसँग जोडिएको सडकको काम पनि तिव्रगतिमा भईरहेको बताउदै समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेको बताईन् ।

प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट छुट्याईएको बजेटबाट शाखा सडक निर्माण तथा कालोपत्रेको काम भईरहेको हो । उनले वडामा करिब साढे ८ किलोमिटर जती सडक कालोपत्रे गर्ने योजना अनुसार बिनियोजित बजेट मध्ये हाल झण्डै दुई किलोमिटर जती सडक कालोपत्रे हुने बताईन ।

उनले बहुवर्षे योजना भएकाले बाँकी काम अरु आर्थिक वर्षहरुमा हुने बताईन । वडाका विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेका लागी करिब ७ करोड रुपैया बिनियोजित गरीएको उनले बताईन । उनले आफु मन्त्रालयमा हुँदा विभिन्न बहुवर्षे योजनाहरु हालेको र सोही योजनाहरुको निर्माण कार्य भैरहेको बताईन । आफुले गरेको काममा स्थानिय खुसी हुदा आफुलाई गर्वलागेको उनले बताईन् ।

निरन्तर रुपमा सो क्षेत्रमा खानेपानि, शिक्षा, कृषि लागायतका विकास निर्माणका कार्यहरु गरेको बताईन् ।  कुटि बडेहा पुलसँग जोडिएको सडक निर्माण तथा कालोपत्रेका लागी यहि भदौ ३१ गते पुर्व राज्यमन्त्री चौधरीले सडकको शिलान्यास गर्दैे निर्माण कार्यको सुभारम्भ गरेकी थिईन् । उनले कुटि-बडेहा पक्की पुल पनि आफ्नै पहलमा बनेको बताईन् ।

वडेहाका स्थानिय योगेन्द्र विक्रम शाहीले आवतजावतमा निकै समस्या रहेको बाटो पछिल्लो समयमा पिचका लागि निर्माण कार्य भईरहदा निकै खुसी लागेको बताए । सोच्दै नसोचेको ठाउमा पिच हुनु स्थानियका लागि गौरवको कुरा रहेको बताउदै उनले सहजैसंग अत्तरिया बजारसम्म जान सकिने बताए ।

त्यस्तै अर्का स्थानिय डिल्लीराज बडुले पिछडिएको वडामा भएको विकास देख्दा खुसी लागेको बताए । २०४६ सालदेखी बसोबास रहेका बडुले अहिले आएर वडामा बाटो पिच र पक्की पुल बन्दा वडाबासीलाई सहज भएको बताए । उनले वडामा भईरहेको विकासका लागि पुर्व राज्यमन्त्री चुनकुमारी चौधरीलाई धन्यवाद ज्ञापन गरे ।

वडाका बडेहा र भुँयरा लगायतका टोलहरुका विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेका लागी पुर्वाधार विकाश कार्यालय कैलालीले मिनु चन्द्रविकाश पिके जेभीसँग सम्झौता गरेको थियो । करिब ३ करोड ९५ लाखमा १८ महिनाभित्र काम सक्ने गरी पुर्वाधार विकाश कार्यालय सँग सम्झौता भएको सडक साईड सुपरभाईजर मिलन मल्लले बताए । उनले सम्झौता अनुसार बडेहा र भुयाँरा लगायतका विभिन्न टोलका करिब ७,८ वटा सडकहरु निर्माण तथा कालोपत्रेको काम गरिने बताए ।

उनले बाटोको क्षेत्रफल करिब १० मिटर रहने र त्यसमध्ये साढे ५ मिटर जती कालोपत्रे गरीने बताए । उनले सम्झौता अनुसार मानव बस्ती बसेको क्षेत्र तथा आवश्यक परेको स्थानमा आरसिसि नाली पनि निर्माण गरिने बताए । उनले समयावधी १८ महिनाको भएपनि अवरोध नभए ६ देखी ७ महिनाभित्रै काम सिध्याउने लक्ष्य रहेको बताए ।

त्यस्तै कुटि-बडेहामा रहेको खोलामा गरिएको ६० मि तटबन्धको पनि अनुगमन गरिएको छ । पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चौधरीले भौतिक पुर्वाधार मन्त्रालयबाट २०७८/०७९ मा छुट्याईएको १० लाख बजेटबाट उक्त तटबन्ध गरिएको बताईन् ।

उपभोक्ता समितीका अध्यक्ष डम्बर चौधरीले खोलाले बस्ती तिर कटान गरिरहेको अबस्थामा सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले बजेट हालेर यहि अषाढमा करिब १५/२० दिनमा तटबन्धको काम सम्पन्न भएको बताए । सो ठाउमा करिब ७० घरपरिवारको बसोबास रहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.