नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीद्धारा ५ बुँदे माग राख्दै आन्दोलन गर्ने चेतावनी

अत्तरिया : नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगरसमिती ५ बुँदे माग राख्दै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार नगरपालिकाका नगरप्रमुखलाई खुल्ला पत्र लेख्दै उसले यस्तो चेतावनी दिएको हो । खुल्ला पत्रमा आफुहरुका माग लाई नगरपालिकाले बेवास्ता गरेको आरोप छ ।

नगरप्रमुखसंग विस्तृत रुपमा छलफल गर्न चाहेको तर नगरप्रमुखले भेटघाटको अवसर नदिएको खुलापत्रमा उल्लेख गरिएको छ । खुल्ला पत्रमा भनिएको छ, ‘हामी तपाईसंग गोदावरी नगरपालिका भित्रका समग्र शैक्षिक समस्याहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न चाहन्थ्यौं, तपाइको मान मर्यादाको ख्याल गरेरै तपाईंको कार्यकक्षमा नै हाम्रो प्रतिनिधिमण्डल हार्दिकतापूर्ण र सौहाद वातावरणमा छलफल होस भन्ने चाहन्थ्यौ तर तपाईले भेटघाटको अवसर प्रदान गर्नु भएन । हाम्रो भेटघाट तपाईलाई पाच्य भएन, शिक्षक संगठनलाई उपेक्षाभावले हेर्नु भयो ।’

शिक्षा क्षेत्रमा सत्तारुपि राजनितिक छडिको प्रयोग हुन्छ कि भन्ने कुराको घटनाक्रमले पनि संकेत गरेको खुल्ला पत्र उल्लेख गरिएको छ । नगरसमितीले खुल्ला पत्रमा बिभिन्न ५ बुँदे माग राखेको छ । विगत ३ वर्ष देखि समयमै तलब प्राप्त गर्दै आएकोमा हाल आएर ३ महिना देखी तलव नपाएको, नगर शिक्षकको तलब वृद्धिको माग गरिएको र उक्त मागलाई व्यवास्था गरिएको खुल्ला पत्रमा उल्लेख छ ।

त्यस्तै कक्षा १ देखि ७ सम्मको स्थानिय पाठ्यक्रम र पाठ्यपुस्तकको निमार्ण नभएको र छिट्टै हुनुपर्ने, नेपाल सरकारले बिद्यालयमा छात्राहरुलाई उपलब्ध गराएको स्यानिटरी प्याडको प्रयोग र व्यवस्थापन हुनुपर्ने र गोदावरी नगरपालिका भित्र १०८ सहजकर्ता कोटा रहेकोमा दर्जनौं विद्यालयमा १ जना पनि सहजकर्ता नभएको तर कुनै एउटा विद्यालयमा ७ ओटा सहजकर्ता रहेको खुला पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ खुल्ला पत्र र मागहरु :

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.