होटेल व्यवसायी महासंघको केन्द्रिय उपाध्यक्षमा धना चोखाल चयन

अत्तरिया : होटेल व्यवसायी महासंघ नेपालको महिला उपाध्यक्षमा कैलालीकी धना चोखाल चयन भएकी छन् । कैलालीको अत्तरियाकी होटेल व्यवसायी चोखाल चितवनमा भएको दशौ बार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय महिला उपाध्यक्षमा चयन भएकी हुन्।

दिनेश कुमार चुके अध्यक्ष रहेको नयाँ कार्यसमितिमा चोखाल चयन भएकी छन् । अत्तरिया क्षेत्रमा लामो समय होटल व्यवसाय गरिरहेकी चोखाल अत्तरिया स्थित सत्कार होटलकी सञ्चालक हुन् । सामाजिक कार्यमा पनि निकै सक्रिय चोखाल गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष समेत हुन् ।

Goadawari Nagarpalika_Badhi

चितवनमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा र महासचिवमा तुल्सीराम भण्डारी चयन भएका छन् ।

त्यस्तै चितवनमा सम्पन्न अधिवेशनबाट होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा अत्तरियाका होटल व्यवसायी दिल बहादु खत्री चयन भएका छन् । खत्री गोदावरी होटल व्यवसायीमा पनि आवद्ध छन् ।

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.