अत्तरिया : कैलालीको गोदावरी नगरपालीका – ८ स्याउलेमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो ।
शुक्रबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १५ गतेदेखि २२ गतेसम्म सप्ताह ज्ञान महायज्ञ लाग्ने आयोजक विश्वनाथ महादेव शिव मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरको स्तरोन्ती, गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागि महायज्ञ लगाउन थालीएको महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए । उनले पछिल्लो समय दुध खाएर गाईलाई जंगलमा छोड्ने प्रवृती बढेका कारण सडकमा छाडा चौपायाको संख्या बढेकाले वडामा व्यवस्थीत गौशाला आवश्यक रहेकोले महायज्ञ आयोजना गर्न लागिएको बताए । महायज्ञ सफलता पुर्वक सम्पन्न गर्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको बताए ।
महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बोगटीले मन्दिरको उक्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे ।
उनले २०७२ सालमा स्थानीयकै सहयोगमा सातलाखको लगानीमा स्याउलेमा मन्दिर स्थापना गरिएको बताए । महायज्ञमा करिब पाँच लाख खर्च लाग्ने अनुमान समितिले गरेको छ ।
महायज्ञ मघ १५ गते शरु भएर २२ गते सम्पन्न हुनेछ । यसैबीच मन्दिर परिसरमा रहेको भवनमा महायज्ञ व्यवस्थापन समितिको सचिवालयको स्थापना गरिएको छ ।