जनकल्याण स्कूलद्धारा सेभ हाउसलाई खाद्यान्न सहयोग

अत्तरिया : कैलालीको जनकल्याण स्कूलद्धारा सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको छ । गोदावरी नगरपालिका २ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सोही वडामा रहेको जनकल्याण सेकेण्डरी स्कूलले खाद्यान्न सहयोग गरेको हो ।

सेभ हाउसमा आश्रय लिएर बसेका महिला तथा बालबालिकाका लागि स्कूलबाट करिब २२ हजार बरावरको खाद्यान्न सहयोग गरिएको जनकल्याण स्कूलका प्रिन्सिपल योगेन्द्र हमालले बताए । उनले सेभ हाउसलाई अघिल्ला दिनहरुमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि अभै सहयोग गर्दै जाने बताए । उक्त सामग्री प्रिन्सिपल हमालकी आमा र विद्यार्थीहरुले सेभ हाउसलाई हस्तान्तरण गरेका थिए ।

बालबालिकाहरुले पनि भविष्यमा हामिहरुले पनि सहयोग गर्नुपर्छ भन्ने भावना जागुन भन्नको लागि बालबालिकाको हातबाट सामाग्री वितरण गरिएको प्रिन्सिपल हमालले बताए ।

बालबालिकाहरुले एक दिनको खाजा खर्च कटाएर ५ हजार ३ सय, स्कूलले १५ हजार र बाँकी रकम स्कूलका शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए । खाद्यान्न सहयोग अन्तरगत स्कुलले सवा २ क्वीटल चामल, ५० किलो आलु, १५ किलो फुलगोबी, १५ किलो बन्दगोबी, ५ लिटर तेल, ५ किलो नुन, १५ किलो दाल, टमाटर लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरेको छ ।

सामाग्री ग्रहण गर्दे सेभहाउुकी अध्यक्ष जानकी मसालीले धन्यवाद ज्ञापन गरिन् । उनले आगामी दिनमा पनि सेभ हाउसलाई सहयोगको अपेक्षा गरिएको बताईन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.