काव्य विद्यालय काठमाण्डौंद्धारा सुप समावेशी विद्यालयलाई न्यानो लुगा र स्टेसनरी सामग्री सहयोग

अत्तरिया : कैलालीको सुप समावेशी आधारभूत विद्यालयलाई न्यानो लुगा र स्टेसनरी सामग्री सहयोग गरिएको छ । गोदावरी नगरपालका – २ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई काव्य विद्यालय काठमाण्डौंले सहयोग गरेको हो ।

काव्य विद्यालयले ‘वर्थ डे स्कलरसिप फण्ड’ को रकमबाट सुप समावेशी विद्यालयलाई न्यानो लुगा र स्टेसनरी सामग्री सहयोग गरेको छ । काव्य विद्यालयका प्रधानाध्यापक नवराज बास्कोटाले आफ्नो विद्यालयका विद्यार्थीहरुको वर्थ डे को अवसरमा जम्मा गरेको फण्डबाट सहयोग गरिएको बताए । उनले आफ्नो विद्यालयका विद्यार्थी वर्थ डे मा खर्च गर्ने पैसा फण्डमा जम्मा गर्ने गरेको बताए ।

उक्त फण्डबाट ७० हजार बरावरको न्यानो लुगा र १० हजार बरावरको स्टेसनरी सहयोग गरिएको बताए । उनले आफूहरुले बिभिन्न संघ सस्था र व्यक्तिहरुबाट पनि सहयोग लिएर सामाजिक काम गर्दै आइरहेको बताए । उक्त सहयोग सामग्री शनिबार एक कार्यक्रमका बीच काव्य विद्यालय काठमाण्डौले सुप समावेशी विद्यालयकी प्रधानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरेका थिए ।

सुप समावेशी विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष डवल बहादुर साउदको सभापतित्वमा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बम प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य खेमा देवि विष्ट, गोदावरी नगरपालिकाकी उपमेयर सारदा रोकाया रहेकी थिईन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुपका प्रमुख हरि ज्ञवाली, काव्य स्कुलका संस्थापक प्रिन्सिपल, दुर्गा लक्षमी नमुना मावि का प्रधानाध्यापक शिवराज जोशी, होटेल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धना चोखाल , परिलक्षीतका पुष्पा रोकाया लगायतको सहभागिता रहेको थियो ।
चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.