अत्तरियामा नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ सुरु

अत्तरिया : कैलालीको अत्तरियामा गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ सुरु भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा बुधबार देखि ‘प्याब्सन फेस्टिबल’ सुरु भएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले एक कार्यक्रमका विच फेस्टिवलको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले शिक्षाको विकासका लागि निजी विद्यालयको पनि महत्वपूर्ण भूमिका भएकाले यसलाई राज्यले फरक दृष्टिकोणले हेर्न नहुने बताए । उनले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनको लागि के कस्ता काम गर्न सकिन्छ त्यसका लागि नगरपालिकालाई सुझाव दिन आग्रह गरे । प्रतिस्पर्धा विना कुनै पनि क्षेत्रलाई अगाडी बढाउन नसकिने उनले बताए ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले बालबालिकानै देशको कर्णधार भएकाले बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक रहेको बताइन् । उनले बालबालिकाको सर्वाङ्गिण विकास गर्नको लागि खेलकुदको पनि महत्वपूर्ण भूमिका हुने बताइन् । पटक-पटक यस्ता कार्यक्रम गरिरहन आवश्यक रहेको उनको भनाई छ ।

प्याब्सन नगर कमिटी अध्यक्ष श्याम बहादुर खत्रीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड्नको लागि फेस्टिवल आयोजना गरिएको बताए। नगर क्षेत्रमा प्याब्सनमा आवद्ध १६ विद्यालय सहभागि रहेको प्याब्सन फेस्टिबल कार्यक्रम माघ १० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । गोदावरी नगरपालिका-३ चौकिडाँडामा रहेको लेमनग्रास खेल मैदानमा उद्घाटन गरिएको प्याब्सन फेस्टिवलका कार्यक्रम चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान पनि संचालन हुने छ ।

फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने छ । फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई समेटिएको छ । फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्नुपुर्व अत्तरिया बजारबाट बिद्यार्थी र शिक्षकहरुले कार्यक्रम स्थल सम्म र्याली निकालेका थिए ।

प्याब्सन नगर कमिटी अध्यक्ष श्याम बहादुर खत्रीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए । बिशिष्ठ अतिथीमा गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया, सुदुपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी रहेका थिए । कार्यक्रममा गोदावरीका बिभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, बुद्धिजिबी, शिक्षक, शिक्षिका, बिद्यार्थी लगायतको उपस्थिीती रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन प्याब्सन नगर कमिटी सचिव मदन जोशीले सञ्चालन गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.