नेपाल बालविकास शिक्षक समिती गोदावरीको अध्यक्षमा खत्री चयन

अत्तरिया : नेपाल बालविकास शिक्षक गोदावरी नगर समितीको अध्यक्षमा पवित्रा खत्री चयन भएकी छन् । आज भएको प्रथम अधिवेशनबाट खत्री सहित निर्विरोध कार्य समिती चयन गरिएको हो ।

उपाध्यक्षमा टिकेश्वरी शर्मा पाण्डेय, सचिवमा माया जोशी चयन भएका छन् भने कोषाध्यक्षमा पवन जोशी तिमिल्सेना, सहसचिवमा पुष्पा बोगटी चयन भएका छन् ।

त्यस्तै समितीको सदस्यहरुमा लक्ष्मी चन्द, निर्मला महरा, शान्ति भट्ट, हिरा मल्ल, गंगा कुमाल, जयन्ती सिंह, सिता चन्द, शोभा चौधरी, सिता चौधरी, चन्द्रा ओझा, बसन्ती पुरी र हिरा विक चयन भएका छन् ।

नेपाल वाल विकास शिक्षक समितीका गोदावरी नगर अध्यक्ष राम देव रानाको सभापतित्वमा भएको प्रथम अधिवेशन कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा रोकाया प्रमुख अतिथी रहेकी थिईन् । कार्यक्रममा बिभिन्न शिक्षक संघ, संगठन र समितीका अध्यक्ष लगायत शिक्षक, शिक्षिको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन गणेश नाथ योगीले गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.