अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका विच नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे । उनले खेल अबधिभर अनुसासित भएर खेलाडीहरुलाई खेलकुद खेल्न आग्रह गरे । यस्ता प्रतियोगिताबाट क्षेत्र हुदै राष्ट्र सम्म पुग्ने बिद्यार्थीलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । शैलेश्वरी बिद्यालयले प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको र उक्त प्रतियोगिता अनुशासित ढंगबाट सम्पन्न गर्ने छ भन्ने बिश्वास व्यक्त गरे ।
लगनशिलताका साथ अगाडी बढे लक्ष्य पुरा गर्न सकिने उनले बताए । उनले गोदावरी नगरमा सबै क्षेत्रमा सम्भावना धेरै छन् तर कठिन पनि उत्तिकै रहेको बताए । नगरप्रमुख भट्टले नगरमा रहेका सम्पुर्ण बिद्यालयहरुमा शैक्षिक गुणस्तर न्युन रहेको बताए । उनले आफ्नो जिम्मेबारीका साथ अगाढी बढ्न सके मात्रै यस क्षेत्रको बिकास हुने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख शारदा रोकायाले बालबालिकालाई शिक्षा दिने बिद्यालयका शिक्षक शिक्षिकालाई धन्यवाद ज्ञापन गरिन् । उनले आजका बालबालिका नै भोलीका कर्णधार रहेका बताउदै उनीहरुको उज्ववल भविष्यको शुभकामना व्यक्त गरिन् ।
उद्घाटन कार्यक्रममा गोदावरी नगरका बिभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उद्घाटनमा मार्चपास गरिएको थियो । उक्त मार्चपासमा शैनिक आवाशिय महाविद्यालय प्रथम, ग्वासी मावि दृतिय भएको छ भने सुदुरपश्चिम माबि र दुर्गालक्ष्मी नमुना मावि तृतिय भएका छन् । आजबाट शुरु भएको प्रतियोगिता २८ गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता गोदावरी नगरपालिका –६ मा रहेको शैलेश्वरी मावि बडेहाँमा सञ्चालन भईरहेको छ भने प्रतियोगिताका खेलहरु भने अन्य बिद्यालयमा पनि खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा १९ सामुदायिक र १४ संस्थागत गरी ३३ वटा विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने बताईएको छ । प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक रविन्द्र खनालले बताए ।
प्रतियोगिता संयोजक खनालले प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको बताए । उनले प्रतियोगिता संचालन हुने स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिने बताए । गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोस्रो पटक आयोजना गर्न लागिएको हो । यसअघि अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा प्रतियोगिता आयोजना गरिएको थियो ।
