अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ ।
नगरपालिकाले फाउन्डेसनलाई खाद्यान्न, लुगाकपडा लगायत २ लाख ५० हजार बराबरका सामग्री सहयोग गरेको हो ।
उक्त सामग्री आज एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले दृष्टि फउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई हस्तान्तरण गरेका छन ।