सक्षम पाठशालाले मनायो ८औ बार्षिकोत्सव

अत्तरिया : कैलालीको अत्तरियामा रहेको सक्षम पाठशालाले आफ्नो ८औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गोदावरी नगरपालीका २ अत्तरिया धनगढीरोडमा रहेको उक्त बिद्यालयले आज ८औ बार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै बिभिन्न बिधामा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । त्यस्तै विद्यालयलाई सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । बिद्यालयका प्रिन्सिपल तर्कराज भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सरिता खुनाले गरेकी थिईन् ।

२०७१ सालमा स्थापना भएको बिद्यालयमा कक्षा १ देखि ८ सम्म पढाई हुने गरेको छ । उक्त विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल भट्टराईले बताए । उनले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई २१औ शताब्दी अनुसारको शिक्षा दिने प्रयत्न गरिरहेको बताए ।

Godawari_Tato hawa_Lu

प्रिन्सिपल भट्टराईले आफुपनि झण्डै २५ वर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहेकाले विद्यार्थीहरुलाई कुन तरिकाबाट कस्तो किसिमले शिक्षा दिदा उपयुक्त हुन्छ भन्ने बिषयमा अनुभव रहेको बताए । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष भुवन पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका सदस्य डा.तारा प्रसाद जोशी प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगविर थापा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.डम्बर ब. पाल, प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाका अध्यक्ष पुष्प राज जोशि, मालाखेती अस्पतालका अध्यक्ष डा.नर ब.मौनी, प्याब्सनका केन्द्रीय सदस्य योगेन्द्र हमाल, प्याब्सन सुदुरपश्चिम प्रदेश सचिव यम प्रसाद भण्डारी, प्याब्सन गोदावरी अध्यक्ष श्याम खत्री, देउडा गायक दिर्घ राज फुलारा लगायत बिभिन्न बिद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका, अभिभावक, समाजसेबी, बुद्धिजिबी, शिक्षाप्रेमी लगायतको उपस्थीती रहेको थियो ।

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.