नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीको दोस्रो नगर परिषद सम्पन्न 

अत्तरिया : नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीको दोस्रो नगर परिषद सम्पन्न भएको छ । आज अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयमा एक कार्यक्रमको आयोजना गरि उक्त परिषद सम्पन्न भएको हो ।

नगर अध्यक्ष नरेन्द्र राज शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व प्रतिनिधि सभा सदस्य लाल बहादुर थापा प्रमुख अतिथी रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथिहरुमा नेकपा एमाले कैलाली जिल्ला उप सचिव लाेकेन्द्र ब. शाही र नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका उपाध्यक्ष यशाेदा जाेशी विशिष्ट रहेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका सचिवालय सदस्य कर्ण बहादुर साउँद लगायत, नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीमा आवद्ध शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

नगर उपाध्यक्ष प्रेमराज जाेशीको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव भुपेन्द्र बहादुर चन्दले गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.