धनगढी : कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक खड्ग बहादुर पछेराको निधन भएको छ । ४७ वर्षीय पछेराको बिहीवार बिहान निधन भएको हो ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिएका छन् ।
उनलाई विषादी सेवन गरेर अस्पताल भर्ना गरिएको भएपनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ । उनको सेतीमै पोष्टमार्टन गरिने जनाइएको छ ।