दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ८७४ मत खस्यो

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचनमा मतदान सम्पन्न भएको छ । बिहान ८:१५ बजेदेखि शुरु भएको मतदान बेलुकी ४:०० बजे सम्पन्न भएको हो ।

दुर्गालक्ष्मीमा कुल १ हजार १ सय ७१ जना विद्यार्थी मध्ये ८७४ जनाले मतदान गरेको निर्वाचन अधिकृत लोक बहादुर महराले जानकारी दिए । उनका अनुसार निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । दुर्गालक्ष्मीमा स्ववियु सभापतिका लागि ५ जना उम्मेदवार छन् ।

अनेरास्ववियुबाट पुष्पराज सुवेदी, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा (एलआर), अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट पुष्करराज जोशी र स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना उम्मेदवार रहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय शैक्षिक र संगठन नियमावली अनुसार स्ववियु दुर्गालक्ष्मीमा १ जना सभापति, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्य प्रत्यक्षबाट निर्वाचित हुने छन । प्रत्यक्ष निर्वाचन पछि ८ जना समानुपातिकबाट छानेर उनीहरुबाटै उपसभापति र सह सचिव चयन हुनेछन ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत दुर्गालक्ष्मी लगायत १० क्याम्पसमा स्ववियुको निर्वाचनमा मतदान सम्पन्न भएको हो । निर्वाचनका लागि बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्मको समय तोकिएको थियो ।

सुप विश्वविद्यालय अन्तरगत बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पस, डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस धनगढी, अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस रहेका छन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.