डोटीको शिखरमा शिक्षाको नतिजा खस्कदो, ८ को नगरस्तरीय परिक्षामा २ विद्यालय निल

अत्तरिया : डोटीको शिखर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक नतिजा कमजोर देखिएको छ । नगरको शिक्षा,युवा तथा खेलकुद शाखाले शनिबार सार्वजनिक गरेको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालयका अधिकांश बालबालिका कमजोर देखिएका हुन् ।

यहि चैत्र ५ गते देखि १३ गतेसम्म सञ्चालित नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षामा ७ सय ८९ बालबालिकाहरु मध्ये ३४१ (४३.२) उत्तिर्ण भएका छन् । त्यस्तै २५४ (३२.२) पुरक दिन पाउने भएका छन भने १९४(२४.६) अनुत्तीर्ण भएका छन् ।

नगरभित्र रहेका २८ विद्यालयका बालबालिकाहरुले परिक्षा दिएका थिए उक्त नतिजा अनुसार एकदुई ओटा विद्यालयमध्ये लगभग सबै विद्यालयका बालबालिका निकै कमजोेर देखिएका छन् ।

परिक्षामा सहभागि शिवशक्ति आधारभुत विद्यालय शिखर-१ गुठेउरी र सरस्वती आधारभुत विद्यालय शिखर-६ सुर्काल को नतिजा भने निल देखिएको छ । शिवशक्तिका परिक्षामा सहभागी ९ जना परीक्षार्थी नै पुरकमा परेका छन भने सरस्वतीका परिक्षामा सहभागी १० जना परीक्षार्थी नै अनुत्तीर्ण भएका छन् ।

त्यस्तै भवानि माबि शिखर-३ खन्याडीका ३८ परिक्षार्थी मध्ये २० जना अनुत्तीर्ण भएका छन भने ९ उत्तिर्ण र ९ जना पुरकमा परेका छन् । लाटामाण्डौ माबि शिखर-७ लाटामाण्डौका २९ परिक्षार्थी मध्ये २४ जना अनुत्तीर्ण भएका छन भने १ जना उत्तीर्ण र ४ जना पुरकमा परेका छन् । गणेश माबि शिखर-९ जैनलीका २७ परिक्षार्थी मध्ये १६ जना अनुत्तीर्ण भएका छन् भने ३ जना उत्तीर्ण र ८ जना पुरकमा परेका छन् । गणेश आबि शिखर-७ बिष्टैका १२ परिक्षार्थी मध्ये १० अनुत्तीर्ण भएका छन भने एक उत्तिर्ण र एक पुरकमा परेका छन् । भगवती आबि शिखर-११ मल्लीसातका २३ परिक्षार्थी मध्ये ३ उत्तिर्ण भएका छन भने ८ अनुत्तीर्ण र १२ पुराकमा परेका छन् ।

यस्तै राधाकृष्ण मावि शिखर-५ तिजालीका ६८ परिक्षार्थी मध्ये ६१ उत्तिर्ण भएका छन् भने ६ पुरकमा र एक अनुत्तीर्ण भएका छन् । केदारेश्वर मावि शिखर-१ कपल्लेकीका ७७ परिक्षार्थी मध्ये ६४ उत्तीर्ण भएका छन भने १० जना पुरकमा र ३ जना अनुत्तीर्ण भएका छन्  । महाकाली माबि शिखर-२ मुडेगाउँका ४६ परिक्षार्थी मध्ये ३१ उत्तिर्ण १४ पुरकमा र एक अनुत्तीर्ण भएका छन् ।

त्यस्तै दुर्गा देवी आबि शिखर-१ गुम, काफलेश्वर आबि शिखर-४ बनोली, दुर्गा आबि शिखर-५ लेकका बालबालिका केहि उत्तिर्ण र केहि पुरकमा परेका छन् भने क्रिष्टल ई.बो.शिखर-८ गोपघाटका बालबालिका सबै उत्तिर्ण भएका छन् ।

नगरका अन्य विद्यालयका बालबालिकाहरुपनि उत्तिर्ण भन्दा बढी पुरकमा र अनुत्तीर्ण भएका छन् । शिक्षामा बर्षेनी लाखौ लगानी गरेपनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै पनि माथि उठ्न सकेको छैन् । जनशक्तिको अभाव, अभिभावकको कम चासो, भौगोलिक विकटता, सरकारी बेवास्ता, शिक्षामा राजनीति, भौतिक संरचनाको अभाव लगायतका कारण शैक्षिक गुणस्तर माथि उठ्न नसकेको जानकारहरूको भनाई छ ।

हेर्नुहोस् नतिजा 

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.