डोटीको सिताराम उच्च माविमा पुर्व शिक्षक रोस्याराले स्थापना गरे अक्षयकोष

अत्तरिया : डोटीको सिताराम ‌उच्च माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ९ मा रहेको बिद्यालयका पुर्व शिक्षक उमाकान्त रोस्याराले ज्ञानच्क्षु नामक २ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।‌‌

उनले आज बिद्यालयका प्रधानाध्यापक केशर सिं बिष्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण गर्दै शिक्षक रोस्याराले आफुले अध्ययन गरेको र अध्यापन गरेको बिद्यालयमा केहि गर्नु पर्छ भन्ने सोचमा सानै रकम भएपनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उक्त कोषको रकम मार्फत बिद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब, असहाय बिद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरे ।

बिद्यालयको स्तरोन्नतिका साथै बिद्यार्थीहरुलाई अध्ययनमा सहजताका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने उनको भनाई थियो । उनले शिखर नगरपालिकामा रहेको सिताराम उच्च मावि पुरानो बिद्यालय गहनाको रुपमा रहेको बताए ।

कोष स्थापना गरेर विद्यालय प्रती सद्भाव राखेकोमा प्रधानाध्यापक बिष्टले रोस्याराको उक्त कार्यको प्रशंसा गरे ।

शिक्षक रोस्याराले यसअघि शिखर-९ कै ज्ञानज्योति आधारभुत बिद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रत्येक बर्षमा ४ हजार छात्रवृत्ति दिदै आएका छन् ।

डोटिकै पुरानो बिद्यालय सिताराम उच्च माविमा २०२९ सालदेखि २०७९ सालसम्म शिक्षक रोस्याराले ४० बर्ष अध्यापन गराएका थिए । सोहि विद्यालयमा शिक्षक रोस्याराले कक्षा १० सम्म अध्ययन पनि गरेका थिए । शिखर नगरपालिका -९ छोया बसोबास भएका शिक्षक रोस्याराको हाल कैलालीको गोदावरी नगरपालिका-४ बसन्तपुरमा‌ बसोबास रहेको छ ।

चेक हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुष्पराज पन्त, वडा नम्बर ९ का वडा अध्यक्ष जगन्नाथ भट्ट, ज्ञानज्योती आधारभुत बिद्यालयका प्रधानाध्यापक सिद्दराज रोस्यारा लगाएतको सहभागीता रहेको थियो ।

सिताराम उच्च मावि सुदुरपश्चिमकै पुरानो बिद्यालय हो । उक्त बिद्यालयमा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउबा, सांसद वीर बहादुर बलायर, एमाले सचिब लेखराज भट्ट, पुर्बमन्त्री भक्त बहादुर बलायर, सिद्धराज ओझा लगाएतले अध्यन गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.