डोटी : डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन भएको छ ।
क्याम्पसमा अङ्ग्रेजी विषयका प्राध्यापक राजन केसीको ४० वर्षको उमेरमा शुक्रवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो ।
दिपायल सिलगढी नगरपालिका–६ घर भएका केसीको जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ ।