लामिताल परिसरमा ८ सय विरुवा रोपिए

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको लामितालमा वृक्षारोपण गरिएको छ । दुर्गालक्ष्मी महिला सामुदायिक वनको आयोजना, बेल्ला फरेस्टको प्राविधिक तथा आर्थिक सहयोग सँगै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र सव डिभिजन वन कार्यालय अत्तरियाको समन्वयमा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रम गरिएको हो ।

लामीतालमा करिब १० हेक्टर वरपरको क्षेत्रमा वन कार्यालयको नर्सरीबाट विभिन्न जातका निम, कल्की फुल, अमला, टिक आदि लगायतका करिब ८०० वटा बिरुवा वृक्षारोपण गरिएको वन वातावरण अभियानकर्मी तथा कार्यक्रम सँयोजक केशव मलाशीले बताए ।

दुर्गालक्ष्मी महिला सामुदायिक वनका अध्यक्ष शिवा कडायतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं २ का वडा सदस्य डबल बहादुर साँउद, बेल्ला फरेस्टका कोषाध्यक्ष निलम ओझा, वन अधिकृत राम औतार चौधरी, वन प्राविधिक प्रकाश सिर्माल, नरेन्द्र माली, लगायत सामुदायिक वनका पदाधिकारीहरु र उपभोक्ता सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.