धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका र गौरिगंगा नगरपालिकामा आईतबार देखि गर्मि बिदा हुने भएको छ । अत्याधिक गर्मी हुनथालेपछि धनगढी उपमहानगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै चार दिन बिदा दिएको हो ।
वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत पालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ ।
त्यस्तै गौरीगंगा नगरपालिकाका विद्यालयहरुमा पनि ३ दिनका लागि गर्मी विदा दिइएकोे छ । नगरपालिकाले बिहिबार नै सूचना प्रकाशित गरेर अत्याधिक गर्मीका कारण पठन पाठनमा समस्या भएको भन्दै आईतबार देखि ३० गते सम्म विदा दिने निर्णय गरेको हो ।
हाल गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भई गर्मी भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै पठनपाठन पनि प्रभावित भइरहेकोले विद्यालयको बर्षे तथा हिउँदे विदाबाट कट्टी गर्ने गरी गर्मि विदा दिइएको सूचनामा उल्लेख छ ।
गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि आइतबार देखि लागु हुने गरी विदा दिइएको नगरपालिकाले जनाएको छ साथै गर्मि यथावत रहे विदा थपिने बताईएको छ ।
तराइका जिल्लाहरुमा केहि दिन यता तापक्रम बढ्न गइ गर्मी बढेका कारण जनजिवन प्रभावित भएको छ । गोदावरी नगरपालिकामा भने अझै विदा दिइएको छैन ।