आज सुदूरपश्चिम प्रदेश बन्द

अत्तरिया : आज सुदुरपश्चिम प्रदेश बन्दको घोषणा गरिएको छ । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिममा बन्दको घोषणा गरिएको हो।

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज सुदुरपश्चिममा‌ पुर्णरुपले ठप्प हुने बताएको छ । यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले बताएका छन् ।

Godawari_Tato hawa_Lu

उनले आज बिहान ८ बजे देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका सम्पूर्ण कार्यालयहरु, यातायात, उद्योग–कलकारखाना, व्यापारव्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु पुर्णरुपमा बन्द गरिने बताए ।

२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले आन्दोनका कार्यक्रम गर्दै आइरहेको छ ।

संघर्ष समितिले बजेटमा १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने कुराको पनि विरोध गर्दै गेटामा भवनको क्षमता अनुसार ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै आइरहेको छ ।

आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूर्ण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको जनाइएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.