अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका विद्यालयमा भोलि (सोमबार) देखि गर्मि बिदा हुने भएको छ ।
अत्याधिक गर्मी हुनथालेपछि गोदावरी नगरपालिकाले आज (आईतबार) एक सूचना जारी गर्दै पाँच दिन बिदा दिएको हो ।
गर्मियाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना रहेकाले भोलि (सोमबार) देखि अषाढ १ गते सम्म बिदा दिएको छ ।
वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
साथै दादुरा र रुबेला खोपका लागि निर्धारित कार्यक्रम यथावत रहेको बताईएको छ ।