अत्तरियामा निजि लगानीमा निर्माण गरियो ब्याटमिन्टन इन्डोर कोर्ट

अत्तरिया : कैलालीको अत्तरियामा २५ लाखको लगानीमा नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ मा सञ्चालनमा रहेको होटेल नमस्तेले निजि लगानिमा सुबिधा सम्पन्न ब्याटमिन्टन इन्डोर कोर्ट (खेल मैदान) निर्माण गरेको हो ।

भोली देखी सञ्चालनमा आउने ब्याटमिन्टन इन्डोर कोर्टको बारेमा आज (आईतबार) पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराईएको छ । नमस्ते ब्याटमिन्टन इन्डोर कोर्टका सञ्चालक लक्ष्मण धामी करिब २५ लाखको लगानीमा अत्याधुनिक कोर्ट बनाएको बताए । उनले राष्ट्रिय स्तरमा बनेका कोर्टहरुकै मापदण्डमा बनाइएको दाबी गरे ।

निजी क्षेत्रबाट ठुलो लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण भएको भएपनी स्थानिय सरकारले अब खेल क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाई रहेको छ । खेल मैदान बनेपछि यस क्षेत्रका खेलाडी र बिद्यालयले पनी खेल मैदान प्रयोग गर्न सक्ने सञ्चालक धामीको भनाई रहेको छ ।

सोही कार्यक्रममा बोल्दै गोदावरी –२ का वडा सदस्य एबम ब्याटमिन्टन खेलाडी देबराज भट्टले यस क्षेत्रमा ब्याटमिन्टन खेलको प्रभाब राम्रो हुँदै गएको र इन्डोर खेल मैदानको अभाब भएकाले अब सहज हुने बताए ।

नमस्ते होटेलकै अगाडी खेल मैदन निर्माण गरिएको हो । इन्डोर कोर्ट निर्माण भएपछि जाडो, गर्मी र हुरी बतासको समयमा पनि सधैं खेल्न सहज हुने भएको छ ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.