कैलालीको अत्तरियामा लोटस आई किर्केट कप प्रतियोगीता आयोजना हुने

अत्तरिया : कैलालीको अत्तरियामा लोटस आई किर्केट कप प्रतियोगिता हुने भएको छ । अत्तरिया किर्केट क्लबको आयोजनामा लोटस आई अँग्रेजी सेकेण्डरी स्कुलको प्रायोजनमा लोटस आई किर्केट कप प्रतियोगिता हुन लागेको हो । शुक्रबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।

अन्तर विद्यालय टि ट्वान्टी स्तरिय लोटस आई क्रिकेट प्रतियोगीता यही असोज १७ गते देखी २६ गतेसम्म आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दिपेन्द्र गौतमले जानकारी दिए । प्रतियोगीतामा प्रदेशभरीका विद्यालयहरुले सहभागीता जनाउन पाउने बताउदै अध्यक्ष गौतमले ८ वटा टिमको सहभागीता रहने बताए ।

उनका अनुसार शनिबारबाट इन्ट्री खुला गरिएको प्रतियोगीतामा सुरुमै नाम टिपाउने ८ वटा विद्यालयले मात्रै सहभागीता जनाउन पाउनेछन । प्रतियोगीताको प्रथम टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गौतमले बताए । प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५\५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष गौतमले बताए । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छन् । प्रतियोगीता सञ्चालनका लागि कुल लगानी १२ लाख ८७ हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । बालबालिकाहरुलाई क्रिकेटतिर उत्प्रेरित गराउन, क्रिकेटलाई व्यवसायीक बनाउन र क्रिकेटकै माध्यमबाट सुदूरपश्चिमलाई चिनाउन प्रतियोगीता आयोना गर्न लागिएको गौतमले बताए ।

उनले विद्यालयस्तरदेखी नै क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न पनि प्रतियोगीताले महत्वपुर्ण योगदान पु¥याउने बताएका छन् । प्रतियोगीतालाई व्यवस्थीत रुपमा सिजन बलबाटै खेलाउने सोच भएपनि खेलमैदानको अभावका कारण सम्भव हुन नसकेको अध्यक्ष गौतमले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै लोटस आइ अंग्रेजी स्कुलका संस्थापक गिरीराज कडायतले बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्न प्रतियोगीताले सहयोग पु-याउने बताए । बालबालिकाहरुलाई अवसर दिए उनिहरुले पनि आफ्नो प्रतिभाले देशको शिर उचो राख्न सक्ने बताउदै प्रतियोगीताले क्रिकेट खेलप्रेमीहरुलाई अवसर जुराईदिएको बताए ।

प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.