अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीमा रहेको खप्तड विद्या निकेतनले एक बिद्यालय र सेभ हाउसलाई सहयोग गरेको छ ।
५९औं बाल दिवसको अवसरमा आज (शुक्रबार) गोदावरी–३ मा रहेको सरस्वती प्रावि र गोदावरी–२ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा आश्रीत बालबालिकालाई शैक्षिक तथा खेलकुदका सामग्री सहयोग गरेको हो ।
उक्त सहयोग सामग्री प्याब्सन गोदावरीका अध्यक्ष एवम् खप्तड विद्या निकेतनका सञ्चालक श्याम खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच वितरण गरिएको थियो ।
खप्तड विद्या निकेतनका विद्यार्थीहरुद्धारा आयोजित बाल दिवस कार्यक्रममा र्याली सहित विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यसअघि बाल दिवसको अवसरमा विद्यार्थीहरुले बाल अधिकार सम्बन्धि नारा लेखिएका ब्यानर बोकेर प्रभातफेरी गरेका थिए ।
