बैतडीको निङ्गलाशैनीमा ६ सय राँगा र बोकाको बलि

बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहितको जात्रा सम्पन्न भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा पशुको बलिदिने प्रचलन रहिआएको छ ।

महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा सम्पन्न भएको हो। मन्दिरमा राँगा र बोकाको बलिसहित मेला सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिले जानकारी दिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लामै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ ।

त्यहाँका आम सर्वसाधरणले आफ्ना चाहाना पुरा हुन भनेर तथा दुःख्ख, कष्ट, रोगबाट छुटकारा पाउँनका लागि भाकल गर्दछन् । सोहि भाकल अनुसार राँगा तथा बोकाको बलि दिने गर्दछन् ।

महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र महाअष्टमीमा बलिदिने चलन रही आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिइदैन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.