गोदावरी नगरपालिकाद्धारा अत्तरिया-धनगढी ६ लेन सडक खण्डमा बृक्षारोपण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया-धनगढी ६ लेन सडक खण्डमा बृक्षारोपण गरेको छ । नगरपालिकाले ६ लेन सडकमा यसअघि नरोपिएका नयाँ प्रजातिका विरुवाहरु रोपेको हो ।

उक्त क्षेत्रमा यसअघि ग्रिन प्लानेट नामक संस्थाले अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा बोटविरुवाहरु रोपेको थियो । तर ति रोपिएका बोटविरुवाहरुमध्ये मरिसकेका र खाली रहेको स्थानमा नगरपालिकाले आज (बुधबार) बृक्षारोपण गरेको छ ।

नगरप्रमुख विरेन्द्र भट्टले पर्यावरणलाई स्वच्छ राख्नका लागि वृक्षारोपण अनिवार्य भएको बताउदै विगतदेखी नै नगरपालिकालाई स्वच्छ सहरका रुपमा विकास गर्ने अवधारणा अनुरुप वृक्षारोपण कार्य अगाडि बढाएको बताए । ‘क्लिन गोदावरी,ग्रिन गोदावरीको अवधारणा हाम्रो पहिले पनि थियो र अहिले पनि छ’ उनले भने ‘यद्दपी यसको उचित व्यवस्थापन नहुँदा हामीले तत्काल त्यो अवधारणालाई अघि बढाउन सकिएको अवस्था थिएन, यसपाला चाँही हामी यो पाटोमा अघि बढेका छौ ।’

उनले ६ लेन सडकमा तारजाली देखी लिएर सडकवत्ति सम्मको कार्यहरु चालु आर्थिक वर्षमा गर्ने योजना रहेको बताएका छन् । केही दिन अगाढी अत्तरिया चोकबाट सुरु गरिएको बृक्षारोपण आज गेटा मेडिकल विश्वविद्यालयको सडक खण्डमा गरिएको छ । सडक बत्तिका लागि विद्युत प्राधिकरणसँग करिब १८ महिनाअघि नै बजेट विनियोजन गरिसकिएको नगरप्रमुख भट्टले बताए । आज रोपिएका बिरुवाहरु कञ्जगुलाब, म्याङगो स्टिम, सिताअसोक, कपुर लगायत नपाईने खालका विरुवाहरु रोपिएका छन् । यि रोपिएका विरुवाहरुले वातावरण शुद्ध बनाउन र सुन्दरता बढाउनमा सहयोग पु-याउने विश्वास लिईएको नगरप्रमुख भट्टले बताए ।

यस्तै नगरपालिकाले मंगलबार गोदावरी हनुमान मन्दिर परिसरमा रहेको लवकुश बाटिकामा २ सय बोटबिरुवा रोपेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.