अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले बार्षिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाले २०७८\०७९ को बार्षिक समिक्षा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नगरपालिका अन्तर्गतका विभिन्न शाखाहरुका शाखा प्रमुखले आफ्नो शाखाको कार्य र जिम्मेवारी प्रस्तुत गरेका थिए ।
नगरप्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा रोकाया, नगरका १२ ओटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य,विभिन्न शाखाका शाखा प्रमुखहरु, कर्मचारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण प्रसासकिय अधिकृत शिवराज भाटले गरेका थिए ।
