बहराइनसँग नेपालको फराकिलो हार

काठमाण्डौ : एसिया कप छनोटका लागि बहराइनमा रहेको नेपाली यू–२० टिम घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावना सकिएको छ।

बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरुवातबाटै दबाबमा परेको नेपाली युवा टिम पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो । नेपाल खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले बहाराइका खेलाडीलाई फल गरेपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् ।

Godawari Nagarpalika

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको बहराइनले दोस्रो हाफमा थप चार गोल गर्दै नेपालविरुद्व आधा दर्जन गोल पुर्‍याएको थियो ।

जितसँगै समूह बी मा बहराइनले पहिलो जित निकाल्दै दुई खेलमा चार अंक बनाएको छ । नेपाल अंकविहीन अवस्थामा पुछारमा छ । अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.