बहराइनसँग नेपालको फराकिलो हार

काठमाण्डौ : एसिया कप छनोटका लागि बहराइनमा रहेको नेपाली यू–२० टिम घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावना सकिएको छ।

Godawari_Tato hawa_Lu

बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरुवातबाटै दबाबमा परेको नेपाली युवा टिम पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो । नेपाल खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले बहाराइका खेलाडीलाई फल गरेपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् ।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको बहराइनले दोस्रो हाफमा थप चार गोल गर्दै नेपालविरुद्व आधा दर्जन गोल पुर्‍याएको थियो ।

जितसँगै समूह बी मा बहराइनले पहिलो जित निकाल्दै दुई खेलमा चार अंक बनाएको छ । नेपाल अंकविहीन अवस्थामा पुछारमा छ । अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.