कैलालीको अत्तरियामा भोलि चक्काजाम गरिने

अत्तरिया : कैलालीको अत्तरिया चोकमा भोलि चक्काजाम गरिने भएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले भोलि बिहान ९ बजे देखि १० बजे सम्म १ घण्टा चक्काजाम गर्न लागेको हो ।

समितिले आज धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाद दिन चक्काजाम गर्न लागेको जनाएको छ ।

Godawari Nagarpalika

संघर्ष समितिका संयोजक लोक राज पाण्डेले जेठ १५ गते बजेट भाषणमा मन्त्रिपरिदको निर्णय विपरित १ सय शैय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयका विरुद्ध आन्दोलनका कार्यक्रम अन्तरगत चक्काजाम गर्न लागिएको बताए ।

आन्दोलनका कार्यक्रम अन्तरगत जेठ १८ गते बिहान ११ बजे पछि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने, जेठ १९ गते विभिन्न राजनीतिक दलहरुसंग अन्तरक्रिया एवम् परामर्श गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

संघर्ष समितिले माग पुरा नभए जेठ १९ गते पछि पुनः थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

यो पनि हेर्नुहोस् ।

मेडिकल कलेज सञ्चालनका विषयमा सरकारले सुदूरपश्चिमलाई धोका दियो !

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.