अत्तरियामा गठबन्धनको घरदैलो कार्यक्रम (फोटो फिचर)

अत्तरिया : संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर ४ कैलालीले अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरिरहेको छ ।

आज बिहान बाट गोदावरी नगरपालिका वडा नम्बर १ र २ मा रहेको अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरिरहेको हो ।

घरदैलो कार्यक्रममा गठबनधनका उम्मेदवार, नेता कार्यकर्ताहरुले व्यापारीलाई पसलमा गएर भोट मागिरहेका छन् ।

मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका विर बहादुर बलाएर , प्रदेश सभा ‘ख’ का उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रकाश बहादुर बम लगायत समानुपातिक उम्मेदवारहरुले बजार क्षेत्रमा घरदैलो गरेका हुन ।

गाउँघरमा घरदैलो सकिएसंगै निर्वाचन हुन ३ दिन बाँकी रहदा आज (बिहीबार) बजार क्षेत्रमा गठबन्धनले घरदैलो गरिरहेको छ ।

मसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।

मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ ।

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.