अत्तरीया : कैलाली क्षेत्र न.४ को मतगणना स्थल तोकिएको छ । शनिबार निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गर्दै गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटा मेडिकल कलेजको पूर्वी गेट नजिकको भवनलाई मगतणना स्थल तोकेको हो ।
हाल निर्वाचन अधिकृतको कार्यालय राखिएको भवनको माथिल्लो तलामा मतगणना स्थल राखिएको निर्वाचन अधिकृत इन्द्र बहादुर कठायतले बताएका छन् । भदौ २० गते अत्तरियामा रहेको हुलाक कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको भएपनि पछि मतगणना गर्न असहज हुने भन्दै यसअघि नै कार्तिक १४ गते गेटा निर्वाचन अधिकृतको कार्यालय सारिएको थियो ।
साथै सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछी मत गण्ना गरिने समय र मिती प्रकाशन गरिने समेत सुचनामा उल्लेख गरिइएको छ ।