बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

बाजुरा : बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो ।

सोही ठाउँका अन्दाजी २५ वर्षीय सुरेन्द्र ऐडी (संजिव) को गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । झपडमा प्रहरीसहित ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार मतदान सकिने वेला तीन–चार सय जनाको समूहमा आएका स्थानीयले प्रहरी र निर्वाचन कर्मचारीमाथि आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

स्थानीयले ढुंगामुढा गरेपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका सहायक प्रवक्ता एवं एसएसपी दानबहादुर कार्कीले स्थानीयको आक्रमणमा प्रहरीसहित ७ जना घाइते भएका बताए ।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको कार्कीले बताए । स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रवक्ता कार्कीले बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.