कैलालीमा करीब ६३ प्रतिशत मत खस्यो 

धनगढी : कैलालीमा मतदान समपन्न भएको छ । आज सकिएको मतदानमा कुल मतदाताको ६३ प्रतिशत मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो ।

जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन् । आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत प्रतिशत मत खसेको हो । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.