डोटी प्रदेश सभा २ मा गठबन्धनका ओली विजयी

डोटी : डोटी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार शिव सिंह ओली विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोटी इन्चार्ज रहेका ओलीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य टेक बमलाई ९१९ मतले पछि पार्दै विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार ओलीले १४ हजार ४७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार टेक बमले १३ हजार १२८ मत प्राप्त गरेका छन् ।

बमले २०७४ को स्थानीय तहको निर्वाचनमा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष पदमा पराजय व्यहोर्नुपरेको थियो भने यस पटक प्रदेश सभा सदस्य निर्वाचनमा पनि हार खेप्नुपरेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.